छुटकाराको गीत


“हल्लेलूयाह !


मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्,
किनकि उहाँका इन्साफ सत्य र न्यायसङ्गत छन् ।


सारा पृथ्वीलाई आफ्नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महा
बेबिलोनलाई उहाँले दण्ड दिनुभएको छ,
र उहाँका दासहरुका रगतको बदला लिइसक्नुभएको छ ।”


“हल्लेलूयाह !
त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ ।”

“आमिन, हल्लेलूयाह !”


“हाम्रा परमेश्वरको प्रशंसा गर,
उहाँका सबै दास हो, तिमीहरु साना र ठूला
जसले उहाँको भय मान्दछौ ।”


“हल्लेलूयाह !
किनकी परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमानले राज्य गर्नुहुन्छ ।