प्रशंसा गान


आहा ! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो !


उहाँका इन्साफहरु कति अगम र उहाँको मार्ग बुझ्न नसकिने !


“किनभने प्रभुको मनलाई कसले जानेको छ ?”


अथवा उहाँको सल्लाहकार को भएको छ ?”


“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले

उसलाई फिर्ता दिनुपरोस् ?”


किनकि सबै थोक उहाँबाट, उहाँद्धारा र उहाँकै निम्ति हुन् ।


उहाँलाई नै सदासर्वदा महिमा होस् । आमिन ।